केही महिनासम्म सीमित परीक्षण पछि, OpenAI ले ChatGPT Search नामक नयाँ फिचर आधिकारिक रूपमा सार्वजनिक गरेको छ। यो छुट्टै उपकरण नभई ChatGPT मा सिधै समाहित गरिएको सुविधा हो, जसले वास्तविक समयको वेब खोज गर्ने क्षमता थपेको छ। यसले अहिलेका ताजा समाचार, खेलकुदको स्कोर, मौसम अपडेट र अन्य वर्तमान घटनाहरूको बारेमा Google Search जस्तै जानकारी प्रदान गर्दछ।

यदी तपाईंले हालको जानकारी खोज्न चाहनुहुन्छ भने, ChatGPT ले अब स्वचालित रूपमा Search उपकरण सक्रिय गरी विश्वसनीय स्रोतबाट अद्यावधिक जानकारी दिन्छ। तपाईंले आफैं पनि “Search” आइकनमा क्लिक गरेर यो फिचर प्रयोग गर्न सक्नुहुन्छ।

ChatGPT Search को साथै, OpenAI ले ChatGPT Search Chrome Extension पनि सार्वजनिक गरेको छ। Chrome र Edge, Brave, Opera जस्ता सबै Chromium-आधारित ब्राउजरहरूमा उपलब्ध यो एक्स्टेन्सनले Google सर्चलाई ChatGPT सर्चमा रूपान्तरण गर्दछ। यसलाई इन्स्टल गरेपछि तपाईंका सबै सर्च प्रश्नहरू सीधा ChatGPT मा जान्छन्, जसले एआई-आधारित वैकल्पिक सर्चको अनुभव दिन्छ।

ChatGPT Search अहिले वेब, मोबाइल र डेस्कटप एपहरूमा निःशुल्क र ChatGPT Plus प्रयोगकर्ताहरूको लागि उपलब्ध छ। यसमा प्रयोगकर्ताहरूलाई जवाफका अन्त्यमा उद्धृत स्रोतहरू दिइन्छ, जहाँ थप जानकारी प्राप्त गर्न सकिन्छ। साथै, थप प्रश्नहरू सोधेर कुराकानीलाई निरन्तरता दिन सकिन्छ।

विश्वसनीय नतिजाका लागि प्रमुख मिडिया साझेदारीहरू

OpenAI ले ChatGPT Search को लागि Associated Press, Axel Springer, Condé Nast, Dotdash Meredith, Financial Times, र Reuters जस्ता प्रमुख मिडिया संस्थाहरू संग साझेदारी गरेको छ। यसले विविध र विश्वसनीय जानकारीको पहुँच सुनिश्चित गर्दछ।

ChatGPT Search को यो नयाँ अनुभवलाई chatgpt.com मा गएर आजै सुरु गर्नुहोस्, र नयाँ तरिकाले खोजी, सिकाइ र अद्यावधिक जानकारी पाउन सक्षम हुनुहोस्।

Categorized in:

समाचार,

Last Update: November 11, 2024